Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । डोल्पाका जिल्लाको ठुलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदिको बीच भागमा फसेका चार जनाको सकुशल उद्वार गरिएको छ ।
मंगलबार उद्वार गरिकाहरुमा सोही जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षिय ललित बोहरा, २६ वर्षिय नन्द प्रसाद बोहरा, ३५ वर्षिय लाल कुमार बुढा र ३७ वर्षिय श्यामलाल बोहरा छन् ।
मंगलबार बिहान दाउरा लिन गएका उनीहरु नदिमा एक्कासी पानीको बहाव बढेपछि नदिको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज भट्टको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको सकुशल उद्वार गरेको हो ।
उद्वार पश्चात उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाईएको छ । उनीहरुको अवस्था भने सामान्य रहेको बताईएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij