Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी

नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी

  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार ३१ औं कार्गो डे को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको बजार सबैको बजार बन्ने तर नेपालको बजार बन्ने कुरामा समस्या आउने भन्दै नेपाल डम्पिङ साइट नभएको बताए ।

    AGNI GROUP

    उनले भने, ‘हाम्रो बजार सबैको बजार बन्ने नेपालको बजार बन्ने कुरामा समस्या हुन्छ भने यो कुरामा गम्भिर भएर सोच्नु पर्छ । हामी अरुको डम्पिङ साइट त होईन हामीले निर्वाध रुपमा वस्तुहरु आउन दिने तर, हाम्रो वस्तु बाहिर जाँदा प्रश्नहरु रहने, समस्याको रुपमा रहने हामीले हाम्रो वस्तु र प्रमाणिकरणको स्तर विस्तार गर्नुपर्छ । मन्त्रालयले यसलाई विशेष प्राथमिकतामा राखेको छ । नेपालमा आउने वस्तुमा मात्र सहजीकरण हुने हो र अरु देशका वस्तु मात्र हामीले खरिद गर्नुपर्ने तर हाम्रो सामान किन्ने कुरामा टाउको दुख्ने हो भने त सम्बन्ध यसरी अगाडि बढ्न सक्ला ।’

    यस्तै, उनले आजको विश्व व्यापारमा नेपालको पहुँच पुग्न नसकेको भन्दै यस्तो चुनौतीहरु समाधान गर्दै विश्व बजारमा पहुँच पु¥याउनु पर्ने बताए ।

    उनले भने, ‘नेपाल भूपरिवेस्ठित देश भएको कारणले र वस्तु आयात, निर्यातको सन्दर्भमा हाम्रो कानूनी प्रणालीको कारणले गर्दा वस्तुहरु अपेक्षाभन्दा बढि महंगो हुन जान्छ । यसलाई हाम्रो कुटनीतिक प्रयासबाट, हाम्रो अगाडि रहेका यी चुनौतीहरुलाई सम्बोधन गर्नुपर्ने छ । आजको विश्व व्यापारमा हाम्रो पहुँच पुग्न सकिरहेको छैन् । यसमा रहेको चुनौतीहरु समाधान गर्दै विश्व बजारमा पहुँच पु¥याउनु पर्छ । यसको लागि कानूनी प्रणालीमा सुधारको आवश्यकता छ । आजको चुनौतीहरु सम्बोधन गर्ने गरि नीतिगत प्रयासहरु हुनुपर्छ।’

    छिमेकी मुलुकहरुसँग कुटनीतिक पहल कदमीमा सफलता लिनुपर्ने भन्दै त्यसको लागि विभिन्न समयमा भएका सन्धिहरुलाई समयसापेक्षित रुपमा संशोधन, पुनरावलोकन गर्नुपर्ने उनको भनाई छ ।

    साथै, उनले सबै वस्तुहरुलाई कार्गो प्रणालीमा ल्याउने गरि क्याबिनेटले हिजो स्वीकृति दिएको भन्दै यो प्रस्तावलाई छिमेकी मुलुकले सकारात्मक तरिकाले लिएको पनि उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij