Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

  • काठमाडौँ । रूसको सखालिन क्षेत्रले उत्तरी कुरिल टापुहरू र सेभेरो-कुरिलस्क जिल्लामा आपतकालीन अवस्था घोषणा गरेको छ ।

    images
    images
    images

    कुरिल टापुका मेयर अलेक्ज्याण्डर ओभ्स्यानिकोभले सो क्षेत्रबाट सबैलाई सुरक्षित स्थानमा लागिएको र सो क्षेत्र खाली गरिएको बताएका छन् ।

    images

    उनले पर्याप्त समय रहेकाले सबैलाई बाहिर निकालिएको र सबै मानिसहरू सुनामीभन्दा टाढा सुरक्षा क्षेत्रमा रहेको बताएका छन् ।यसैबीच, सेभेरो-कुरिलस्कको बन्दरगाह शहरमा सुनामी छालहरू डुबेको छ ।

    बुधबार बिहान रूसको दुर्गम सुदूर पूर्वी तटमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प अहिलेसम्मकै छैटौं सबैभन्दा शक्तिशाली भूकम्प रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

    यो भूकम्पपछि रुस, जापान, अमेरिकालगायतका तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij