Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

भरत ताल

भरत तालमा मृत भेटिएकी किशोरीको खुल्यो पहिचान

भरत तालमा मृत भेटिएकी किशोरीको खुल्यो पहिचान

अनुसन्धानको क्रममा उनी घरमा बिहान झगडा गरी हिँडेको खुलेको हो।

  • काठमाडौं । सर्लाहीको भरत तालमा मृत भेटिएकी किशोरीको पहिचान खुलेको छ।

    onlinepatrika
    Arghakhachi

    बुधबार मध्यान्हमा बागमती नगरपालिका-१२ स्थित भरत तालमा मृत फेला परेकी किशोरीको पहिचान खुलेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्र अधिकारीले जानकारी दिए।

    AGNI GROUP

    उनका अनुसार मृतक बलरा नगरपालिका-४ बरालगोठकी २० वर्षीया विकुकुमारी सहनी हुन्। उनको शव बुधबार तालमा डुकिरहेको अवस्थामा फेला परेको थियो। शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा उनी घरमा बिहान झगडा गरी हिँडेको खुलेको हो।

    प्रहरी निरीक्षक अधिकारीका अनुसार आमासँग झगडा भएपछि उनी घरबाट हिँडेकी हुन्। ‘घरतिरको सिसिटिभी फुटेज पनि हेर्‍यौं। एक्लै हिँडेको देखियो। शंकास्पद देखिएन,’ उनले भने।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij