Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

लुइस डियाजको बायर्न म्युनिखमा चार बर्षको सम्झौता

लुइस डियाजको बायर्न म्युनिखमा चार बर्षको सम्झौता

  • काठमाडौँ । कोलम्बियाका लेफ्ट विंगर लुइस डियाजले बायर्न म्युनिखसँग चार बर्षको सम्झौता गरेका छन् ।

    images
    images
    images

    डियाजले लिभरपुल छोडेर जर्मनी च्याम्पियन बायर्न म्युनिख गएका हुन् । बायर्न म्युनिखले डियाजसँग २०२९ को जुन ३० सम्मका लागि सम्झौता गरेको जानकारी दिएको छ ।

    images

    बायर्न म्युनिखमा डियाजले १४ नम्बरको जर्सी लगाउने भएका छन् । बायर्नले डियाजलाई लिभरपुलबाट ७५ मिलियन युरोमा किन्न सहमत भएको बताइएको छ ।

    २८ बर्षिय डियाज २०२१ मा पोर्चुगिच क्लब पोर्टोबाट लिभरपुल आएका थिए । उनले लिभरपुलमा १४८ खेल खेल्दै ४१ गोल गरेका छन् भने २३ गोल असिस्ट पनि गरेका छन् ।

    लिभरपुलमा डियाजले २०२१-२२ सिजनमा च्याम्पियन्स लिग, गत सिजनमा प्रिमियर लिग, दुई इएफएल कप तथा एफए कप र कम्युनिटी शिल्ड जितेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij