Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

शपथग्रहण स्थगित

बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित

बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित

  • काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो १ बजे हुने भनिएको नवनियुक्त तीन मन्त्रीको शपथ प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि स्थगित भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिएका छन् ।

    AGNI GROUP

    प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएपछि उनी आज बिहानै काठमाडौं गएको प्रवक्ता सापकोटाले बताए ।कांग्रेस पार्टीमा विवाद बढिरहेका बेला मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।

    बुधबार भएको काँग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामालाई पराजित गर्दै इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बनेका छन् । बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४ मत परेको छ । त्य

    स्तै एक मत बदर भएको थियो । संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिदै मुख्यमन्त्री लामाले संबिधानमै दुई बर्षसम्म सरकार परिवर्तन गर्न नपाइने व्यवस्था रहेको बताउदै राजीनामा दिन अस्वीकार गरेपछि नयाँ विवाद शुरु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij