Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

  • काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन्।

    onlinepatrika
    Arghakhachi

    सभापति देउवाले बिहीबार काठमाडौं बोलाएर लामासँग भेट गरेका थिए। भेटमा देउवाले पार्टीभित्रको विवादलाई चाँडै समाधान गर्दै लोकतान्त्रिक विधिबाट आएको निर्णयलाई स्वीकार गर्न सुझाव दिएका थिए ।

    AGNI GROUP

    ‘पार्टीभित्रको कुरा धेरै नलम्ब्याऔं, कसैलाई फाइदा नहुने खालको विवादमा नअल्झिऔं,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै एक नेताले जानकारी दिए।

    देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टोलीसँग छलफल गरेर मात्रै अन्तिम निर्णय लिने बताएका छन् ।

    उनले पदबाट हटेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी गरिन्छ भन्नेबारे सभापति देउवालाई सोधेका थिए। जवाफमा देउवाले ‘सबैलाई मिलाएर जानुपर्छ’ भन्ने स्पष्ट निर्देशन दिएका थिए।

    लामा काठमाडौँमा आफू निकट सांसदहरू सँग बैठक र परामर्शमा व्यस्त छन्। उनी बागमतीमा कांग्रेस नेतृत्वको सरकारलाई टिकाइ राख्न आफूपछि पनि आफूनिकटका सांसदहरूले महत्त्वपूर्ण मन्त्रालय पाउने सुनिश्चितता खोजिरहेका छन्।

    उनको मागमा आर्थिक मामिला लगायतका प्रभावशाली मन्त्रालय आफूनिकटका मन्त्रीलाई दिनुपर्ने अडानमा छन् । अविश्वास प्रस्तावमा साथ दिएका तीन सांसदलाई मन्त्री नियुक्त गरिए पनि प्रदेश प्रमुखको स्वास्थ्य अवस्थाका कारण सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ।

    यदि आफू निकटका नेताहरूको व्यवस्थापन सुनिश्चित नभए, मुख्यमन्त्री लामाले पद नत्याग्ने र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने तयारी रहेको उनको पक्षधर एक सांसदले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij