Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । हत्यामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्कुपाखा बस्ने नुवाकोट ककनी गाउँपालिका-८ मात्रागाउँ घर भएका ४२ वर्षीय श्याम कालीकोटेलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२५ न्ह्योखामा भारत पश्चिम बंगाल घर भएका ५३ वर्षीय सुर्वता पालको साउन १४ गते राति हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ मित्रनगर बसपार्क स्थित होटलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij