Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बहुविवाहविरुद्ध अनसनमा बसेकी यादव भन्छिन् : ‘मेरो शव उठाउन माइतीघर आउनु’

बहुविवाहविरुद्ध अनसनमा बसेकी यादव भन्छिन् : ‘मेरो शव उठाउन माइतीघर आउनु’

  • काठमाडौं । माइतीघर मण्डलामा आमरण अनसन रहकी बिनु यादवले बहुविवाह सम्बन्धी कानून पारित भए आफ्नो लास(शव)अनसन स्थलबाटै उठाउनुपर्ने जिकिर गरेकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसनमा रहेकी उनले महिलालाई पीडा दिने र हिंसा भड्काउने खालको कानून ल्याउन नपाइने भन्दै कानून पारित भए आफ्नो लास माइतघरबाटै उठाउनुपर्ने बताएकी हुन् ।

    AGNI GROUP

    उनले भनिन्, ‘सरकारको प्रस्तावमा तयार भइरहेको बहुविवाह सम्बन्धी कानून पारित भयो भने यहाँबाट मेरो लास उठ्छ, । जबसम्म यो खारेज हुदैँन्, तबसम्म म यहाँबाट उठ्दिन । सक्नुहुन्छ भने भ्रष्टाचारको नीतिमा कडाई गर्नु तर यो खालको कानून मान्य हुँदैन् । जसले मानसिक रुपमा महिलालाई पीडा दिन्छ र हिंसा भड्काउँछ त्यो मान्य हुँदैन् । हाल मस्यौदा तयार भएको कानून भनेको ठूलो अपराध निम्ताउने बाटो हो । यसलाई रोक्नुपर्छ । यो लडाई मेरो मात्र होइन मेरो लागि मात्र म बसेको होइन् । यसबारे सबैले आवाज उठाउनुपर्छ ।’

    यस्तै, उनले यो कानूनले हिंसा मात्र होइन आत्महत्याको घटना पनि बढाउने भन्दै त्यसको जिम्मेवारी कानून मन्त्रालय अर्थात कानुन बनाउन अग्रसरता लिने सचिवले लिनुपर्ने पनि बताइन् ।

    उनले भनिन्, ‘यो कानूनले हिंसा मात्र होइन आत्महत्याको घटनालाई बढाउँछ । आफ्ना श्रीमानलाई अर्को केटीसँग बसेको हेर्न नसकेर कतिले आत्महत्या पनि गर्न सक्छन् । त्यसको जिम्मेवारी कानून मन्त्रालयका सचिवले लिनुहुन्छ । त्यो सचिवलाई त म के भन्न चाहन्छु भने नीति, नियम र कानून ल्याउनु भएको छ यो तपाईं आफ्नो छोरीमा पहिला लागू गर्नु अनि मात्र पारित गर्नुहोला । तपाइँको परिवारमा यस्तो कानून स्वीकार्य हुन्छ भने मात्र पारित गर्नु । एउटा कुर्सीमा बसेर जनतालाई आफ्नो प्रयोगशाला बनाउन पाइँदैँन् ।’

    यस्तो कानूनले सबैभन्दा बढि असर विकट ठाँउमा रहेका दिदी विहिनी बहिनीहरुलाई गर्ने पनि उनको भनाई छ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको बहुविवाह सम्बन्धी उक्त नयाँ मस्यौदामा विवाहित पुरुषले अर्की महिलासँगको सम्बन्धबाट बच्चा जन्माएमा वा गर्भ रहेमा उक्त सम्बन्धलाई दोस्रो विवाहको रूपमा कानुनी मान्यता दिने गरी मुलुकी संहिताको धारा १७५ संशोधन गर्ने प्रस्ताव गरिएको छ ।

    यही प्रावधानले महिलामाथि थप अन्याय हुने र बहुविवाहलाई प्रोत्साहन गर्ने भन्दै यादव अनसनमा बसेकी हुन् । सरकारले निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी छुट दिने गरी कानुनको मस्यौदा तयार गरेको भन्दै त्यसको विरोध सुरु भएको हो । यादव आफू परिवार र श्रीमानबाट पीडित भएको बताउँदै आएकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij