Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा आयोजित ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको छ ।
बिहीबार ललितपुरको सानेपामा पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत पूर्व राजपरिवारका सदस्यहरुले सहभागिता ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको हो ।
‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नारा सहित देशमा नै केही सीप, उधोग, व्यवसाय गर्न चाहने युवाहरूलाई लक्षित सल्लाह, सुझाव सहितको अवसर प्राप्त होस् भन्ने उद्देश्यका साथ उक्त एक दिने कार्यक्रम गरिएको छ ।
कार्यक्रममा राखिएका विभिन्न स्टल तथा विविध रमाइलो खेलहरूको पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत अन्य पूर्व राजपरिवारका सदस्यहरुले अवलोकन समेत गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij