Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

ललितपुर

ललितपुरमा श्रीमान द्वारा श्रीमतीको हत्या

ललितपुरमा श्रीमान द्वारा श्रीमतीको हत्या

  • ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा आइतवार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रारम्भिक अनुसन्धान बाट हत्याको पछाडि श्रीमानको हात रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ थानकोटका ४६ वर्षीय निरोज कुमार खड्गीले आफ्नी श्रीमती सुस्मिता खड्गीको घाँटी थिची हत्या गरेका हुन्। उनीहरू हाल ललितपुरको गोदावरी नगरपालिका–१४ मा बस्दै आएका थिए।

    AGNI GROUP

    प्रहरीका अनुसार सुस्मिताको शव आइतवार बिहान उनीहरू बस्दै आएको टहरोमा फेला परेको हो। शव परीक्षणका लागि पाटन अस्पतालमा राखिएको छ।

    ललितपुर प्रहरी परिसरका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा निरोजले घरायसी विवादका क्रममा पत्नीको घाँटी थिचेर हत्या गरेको देखिएको छ।

    हाल घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij