
Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौँ । प्रहरीले बारा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जनालाई पक्राउ गरेको छ ।९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाराको सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij