Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग

गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग

  • काठमाडौँ । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा गर्न आउने भक्तजनको सुरक्षाको लागि गोताखोर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    onlinepatrika
    Arghakhachi

    यही साउन ११ गते मोरङका दुई युवा डुबेको घटनाबाट पाठ सिकी गोसाइँकुण्डमा डुङ्गा सहित गोताखोर परिचालन गर्नुपर्ने आवाज उठेको हो । रसुवा जिल्लास्थित नागरिक समाजका अगुवा सम्मिलित एक टोलीले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक पुगेर तीर्थयात्री तथा स्थानीय जनताको रक्षाका लागि गोताखोरको व्यवस्था गरिदिन जोडदार माग गरेको छ ।

    AGNI GROUP

    जनैपूर्णिमा पर्वका अवसरमा हरेक वर्ष साउनको एकादशी देखिनै पवित्र कुण्डमा तीर्थयात्रीले स्नान गरी पूजाआजा गर्ने परम्परा रहेको सन्दर्भमा सम्भावित दुर्घटनाबाट हुनसक्ने जनधनको क्षतिबाट जोगाउन आकस्मिक उद्धारका लागि गोताखोरको व्यवस्था गरिदिन सशस्त्र प्रहरी बलसमक्ष नागरिक समाजको तर्फबाट आग्रह गरिएको हो ।

    अग्लो स्थानमा अवस्थित कुण्डको पानी अत्यन्त चिसो रहेको र कुण्ड परिसरको केही भागको छेउमा नै गहिरो भएकाले सम्भावित दुर्घटनाबाट हुने क्षतिबाट जोगिन डुङ्गा सहित गोताखोर आवश्यक भएको टोलीले बताएको छ ।

    यसअघि त्रिशूली नदीको दोभान बेत्रावतीमा सशस्त्र प्रहरीले डुङ्गासहित गोताखोरको व्यवस्था गरेजस्तै गरी गोसाइँकुण्डमा पनि गोताखोरको व्यवस्था गर्न अनुरोध गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij