Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अनशन तोडियो

१६ बुँदे सहमतिसँगै मेयर भट्टराईको अनशन तोडियो

१६ बुँदे सहमतिसँगै मेयर भट्टराईको अनशन तोडियो

  • काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आमरण अनशन तोडेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार काठमाडौंको माइतीघर मण्डलामा नगर प्रमुख भट्टराईले आमरण अनशन तोडेका हुन् ।

    AGNI GROUP

    मेयर भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए । सरकारसँग १६ बुँदे सहमति भएसँगै उनले आज आमरण अनशन तोडेका छन् ।

    भट्टराईले बाँसलाई बिल्डिङ कोडमा समावेश गरी सरकारी मूल्यांकन गर्न नीति बनाई स्थानीय सामग्री प्रयोग गर्ने गर्नुपर्ने, बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनको गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने, बाँसले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायू प्रदुषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्याधिक कार्बन सञ्चिती गर्ने भएकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु पर्ने लगायत माग राख्दै आमरण अनसन शुरु गरेका थिए ।

    आज माइतिघरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    सहमति पत्रमा निमार्ण कार्यमा बाँसको प्रवद्र्धन गर्न शहरी विकास मन्त्रालयबाट बाँस भवन संहिता र नम्र्सलाई अन्तिम रुप दिई ४५ दिनभित्र स्वीकृत गरी लागु गरिने भनिएको छ ।

    यस्तै, स्थानीय तहको अनुरोधमा सम्बन्धित क्षेत्रमा कार्यरत प्राविधिकलाई शहरी विकास मन्त्रालयले यसै आर्थिक वर्ष (२०८२-८३) देखि क्षमता अभिवृद्धिको कार्यक्रम संचालन गर्ने,ग्रामीण अर्थतन्त्र र जिविकोपार्जन सुधारका लागि बहुउपयोगी बाँसको प्रवद्र्धन गर्न वन तथा वातावरण मन्त्रालयले सवै प्रदेश सरकार र स्थानीय तहहरुलाई अनुरोध गर्ने लगायतका विषयबस्तु सहमतिपत्रमा समेटिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij