Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन, आज शोक बिदा

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन, आज शोक बिदा

  • काठमाडौँ । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    वीर अस्पतालमा उपचाररत वडाध्यक्ष नारायण प्रसाद रिमालको सोमवार निधन भएको हो । नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए।

    AGNI GROUP

    गत २०७९ सालको स्थानीय तह निर्वाचनमा रिमाल वडामा अध्यक्ष एमालेका तर्फबाट विजयी भएका थिए।तारकेश्वर गाउँपालिकाले वडाध्यक्ष रिमालको निधन भएको आज गाउँपालिकामा शोक बिदा दिएको छ ।

    गाउँपालिका अध्यक्ष शिव अधिकारीले शोक बिदा दिएको जानकारी दिदै आज गाउँपालिका अन्तर्गतका सार्बजनिक कार्यालयहरु र शैक्षिक संस्थाहरुमा बिदा हुने र आज गाउँपालिकामा रहेका सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा झुकाउने बताएका छन् ।

    Single Image

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij