Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कर्णालीको बजेट अधिवेशनको आज अन्तिमदिन

कर्णालीको बजेट अधिवेशनको आज अन्तिमदिन

  • काठमाडौँ । कर्णाली प्रदेश सभाको छैठौ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । कर्णाली प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद् बैठकले बैशाख २८ गतेदेखि सुरु भएको दोस्रो कार्यकालको छैठौ अधिवेशन बुधबार राती १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकले जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र लुहादहमा तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने, कर्णाली पत्रकारिता पुरस्कार वितरण कार्यविधी २०८२ स्वीकृत गरेको सरकारका प्रवक्ता भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जनकारी दिए ।

    AGNI GROUP

    मन्त्री परिषद् बैठकले सामाजिक बिकास मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई कामकाजमा खटाउने निर्णय गरेको छ ।

    त्यसैगरी, प्रदेशका कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता शाहले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij