Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रुपन्देहीमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

रुपन्देहीमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

  • काठमाडौं । काठमाडौं निर्वाचन आयोगले रुपन्देहीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिवाचनका लागि दल दर्ता गर्न आह्वान गरेको गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका दललाई संविधानअनुसार यही साउन २१ देखि २७ गतेसम्म राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिमको ढाँचामा आयोगमा दल दर्ताका लागि निवेदन दिन सूचना जारी गरिएको हो । सूचनामा दल दर्ता गर्दा नियमावलीबमोजिमको ढाँचामा निवेदन, राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालको खाता उल्लेख गर्नुपर्ने उल्लेख छ ।

    AGNI GROUP

    यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, पछिल्लो पटक आयोगसमक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मितिसहितको विवरण पेस गर्नुपर्ने आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत, उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न तोकिएको ढाँचामा पदाधिकारीको नाम थर, पद र सम्पर्क नम्बरसहितको दस्तखत नमुनालगायत विवरण पस गर्नुपर्ने जानकारी दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij