Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

  • काठमाडौँ । मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोलमा आज करेन्ट लागेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान करिब ९ बजेक जोगितालस्थित आफ्नै खेतमा बाली जङ्गली जनावरबाट जोगाउन बनाइएको करेन्टयुक्त तारमा छोइएपछि लालबहादुर मोक्तानको घटनास्थलमै ज्यान गएको हो।

    AGNI GROUP

    चितवन जिल्ला राप्ती नगरपालिका–१ बसोबास गर्दै आएका करिब ३५ वर्षीय मोक्तानले मनहरी गाउँपालिका–६ स्थित आफ्नै खेतमा जङ्गली जनावरबाट बाली जोगाउनका लागि नाङ्गो विद्युत् तारमा हुक जोडेर करेन्ट प्रवाह गराएका थिए। खेतको निगरानीका लागि गएका उनी ती तारमा छोइएर मृत्यु भएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ।

    प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij