Logo

Aug 07 2025 | २०८२, साउन २२ गते

Aug 07 2025 | २०८२, साउन २२ गते

रूपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदन

रूपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदन

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । रवि सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा छन् ।

    images
    images
    images

    उच्च अदालत दाङको बुटवल इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको र त्यो आदेश सर्वोच्च अदालतले सदर गरेपछि उनी थुनामा छन् । निवेदनमा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको जिकिर गरेका छन् ।

    images

    उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका छन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको जिकिर गर्दै आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij