
Aug 11 2025 | २०८२, साउन २६ गते
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँलाई विश्वासको मत दिन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप जारी गरेका छन् ।
मुख्यमन्त्री बानियाँले आगामी मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने तय भएपछि कांग्रेस-एमाले संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।
बागमती प्रदेश सभाको बैठक मंगलबार दिउसो ४ बजे बस्दैछ । बानियाँ साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । ११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ ।
त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij