Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

डेउडा प्रतिष्ठान गोदावरी अध्यक्षमा खड्का

डेउडा प्रतिष्ठान गोदावरी अध्यक्षमा खड्का

  • काठमाडौं । डेउडा प्रतिष्ठान गोदावरी नगर तदर्थ समितिको अध्यक्षमा शेरबहादुर खड्कालाई सर्वसम्मतले चयन गरिएको  छ ।

    onlinepatrika
    Arghakhachi

    डेउडा प्रतिष्ठान केन्द्रीय समितिको स्थानीय पलिका गठन कार्यक्रम अन्तर्गत आइतबार गोदावरीमा भएको भेलाले शेरबहादुर खडकालाई अध्यक्षमा ११ सदस्यीय गोदावरी नगर तदर्थ समिति  सर्वसम्मत चयन गरेको हो । भेलाले प्रतिष्ठानको  उपाध्यक्षमा यज्ञराज उपाध्याय ,सचिवमा हरि सिंह ठकुल्ला, कोषाध्यक्षमा सावित्री खडका,सह-सचिवमा जमुना खड्कालाई चयन गरेको छ । 

    AGNI GROUP

    त्यस्तै सदस्यमा कृष्णा देवी भण्डारी ,शेरबहादुर ऎर ,नरुवा दमाई, लालबहादुर भण्डारी ,बिष्णु खड्का पबित्रा बिकलाई चयन गरिएको छ। सो भेलामा संस्कृतिप्रेमी वडा सदस्य  जय बहादुर बिक, डेउडा प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष लोकगायक सुरत बहादुर रावत (डोटेली कान्छा), उपमहासचिव लोकगायक प्रेम बिबश चन्दलगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij