
Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दिप राई नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको हो । यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिएपछि उनी नियुक्त भएका हुन् ।
प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राई दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij