Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बैठक

संघीय संसदका पाँच समितिको बैठक बस्दै

संघीय संसदका पाँच समितिको बैठक बस्दै

  • काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।

    onlinepatrika
    Arghakhachi

    आज प्रतिनिधि सभाको अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

    AGNI GROUP

    त्यस्तै राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

    आज बिहान ११ बजेदेखि सुरु हुने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफलको कार्यसूची रहेको छ ।

    त्यस्तै आज बिहान १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कैलाली कारागारको घटना बारे गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी बिहान १० बजेदेखि शुरु हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै आज बिहान ११ बजेदेखि शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरु सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

    त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरु बारे छलफल हुने कार्यसुची रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij