Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

समुद्घाटन

बागमती प्रदेश सभाको नवनिर्मित भवनको समुद्घाटन

बागमती प्रदेश सभाको नवनिर्मित भवनको समुद्घाटन

  • काठमाडौँ । बागमती प्रदेश सभाको नवनिर्मित नयाँ भवनको समुद्घाटन गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार अपरान्ह एक समारोहका बीच सभामुख भुवन कुमार पाठकले नवनिर्मित सभा भवनको समुद्घाटन गरेका हुन्।

    AGNI GROUP

    करिब ५ वर्षको अवधि लगाएर निर्माण गरिएको प्रदेशसभाको अस्थायी प्रि–फ्याब भवनको मंगलबार उद्घाटनसँगै औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

    २०७७ साल मंसिर १० गते शिलान्यास गरिएको २५० जना अट्ने उक्त सभा हल ईपीएस स्यान्डबीच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौंडाले २०७७ कात्तिकमा ठेक्का आह्वान गरेको थियो।

    प्रदेशसभा भवन १२ करोड २९ लाख लागतमा तयार भएको हो । उक्त भवन तयार नहुँदा क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो ।

    मंगलबार साँझ बसेको प्रदेशसभाको बैठक नवनिर्मित भवनमा संचालन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij