
Aug 14 2025 | २०८२, साउन २९ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएसीसीआई) उपाध्यक्ष हेमराज ढकाल धितोपत्र बोर्डको सञ्चालक सदस्य नियुक्त भएका छन् । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनी सञ्चालक नियुक्त भएका हुन् । नेपालको बैंक वित्त तथा पुँजी बजारमा उनलाई ज्ञान रहेको छ ।
ढकाललाई अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाए । बोर्डमा निजी क्षेत्रबाट संचालकमा नियुक्त हुने गरेको छ । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरी पठाएका हुन् ।
उनी हेरिटेज ग्रुप अफ इन्ड्रष्टिजका अध्यक्ष हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij