Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

विराटनगरस्थित बालसुधार गृहमा झडप

विराटनगरस्थित बालसुधार गृहमा झडप

  • काठमाडौं । विराटनगरस्थित एक बाल सुधार गृहमा बुधबार झडप भएको छ । विराटनगर-३ दुधफारम पूर्वतर्फ रहेको सो गृहमा दिउँसो झडप भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    झडप नियन्त्रणका लागि पुगेका एक जना वरिष्ठ हवलदार प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

    images

    २ सय ४९ जनालाई राखिएको सुधार गृहमा थप घटना हुन नदिनका लागि मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरिया, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितको टोली पुगेको छ ।

    घटनाबारे जाँचबुझ भइरहेको जनाएका प्रमुख जिल्ला अधिकारी यादवले हाल सुधार गृहको अवस्था शान्त रहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij