Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका सचिव मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

    images

    भेटका क्रममा दुई देशबिचको आपसी सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार विमर्श भएको बताइएको छ । मिस्रीको भ्रमणलाई नेपाल–भारतबिचको कूटनीतिक तथा पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij