
Aug 19 2025 | २०८२, भदौ ३ गते
काठमाडौँ । नेपाली सेनालाई भारत सरकारले ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएको छ ।
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले सोमबार नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।
विदेश सचिव मिश्री नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर ‘लाइट स्ट्राइकिङ भेइकल’ हस्तान्तरण गरेका हुन् । साथै ६ वटा सैनिक घोडा र २ वटा सैनिक कुकुर समेत उनले हस्तान्तरण गरेको भारतीय दुताबासले जानकारी दिएको छ ।
मिश्रीले केही स्वास्थ्य सामग्रीहरू समेत हस्तान्तरण गरेका छन्। सामग्री हस्तान्तरण गर्नुअघि जंगीअड्डामा प्रधान सेनापति अशोकराज सिग्देलसँग मिश्रीले भेटवार्ता गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij