Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि र ओसीएस बिजनेस सोलुसन प्रालिको संयुक्त आयोजनामा भदौ ६ गते, शुक्रबार राजधानीको नयाँबानेश्वर स्थित अर्पण ब्याङ्क्वेटमा निभिया महिला विशेष तीज मेला २०८२ हुने भएको छ ।
बिहान १० बजेदेखि साँझ७ बजेसम्म सञ्चालन हुने मेलामाविविध सांस्कृतिक, मनोरञ्जनात्मक र जनचेतनामूलक कार्यक्रमहरू रहनेछन् ।
मेलाको मुख्य आकर्षणमा तीज नृत्य कार्यक्रम, डीजे संगीत, चर्चित कलाकारहरूको दमदार प्रस्तुती, समाज डेण्टलद्वारा निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर, फायर एण्ड रेस्क्यू एकेडेमी नेपालद्वारा किचेनमा अग्नि सुरक्षा सम्बन्धी सचेतना, स्किन केयर सम्बन्धि चेतना मूलक कार्यक्रम, विश्वको प्रथम प्राकृतिक दुखाई विशेषज्ञबाट निःशुल्क परामर्श, विभिन्न उत्पादनहरूको प्रदर्शनी तथा बम्पर लक्की ड्र रहेका छन् ।
साथै, मेलामा १५ वटा स्टलमार्फत विभिन्न उत्पादन र सामग्रीहरूको प्रदर्शनी र बिक्री गरिनेछ । कार्यक्रममा लोकप्रिय गायिका शशी पुन मगर र गायक रबि रिमालले आकर्षक प्रस्तुति दिनेछन् भने दिनभर कार्यक्रम सञ्चालन शीतल शर्माले गर्नेछिन् ।
मेलालाई निभियाले मुख्य प्रायोजक तथा कियाना अर्नामेन्ट्सले सह–प्रायोजक गरेका छन् । यस्तै, कार्यक्रमलाई समर्थन गर्ने संस्थाहरूमा किवानिस क्लब अफ म्यारिगोल्ड, वीन, सनबिम, होटल ब्लुबेरी, सुस्वास्थ्य हस्पिटल, समाज डेण्टल, किवानिस क्लब अफ धौलागिरि, किवानिस क्लब अफ ताहाखेल, ललितपुर, फायर एण्ड रेस्क्यु अकादमी नेपाल, मिशन नेपाल होलिडेज, आरोध्य मालिस तेल, जेसीज धापासी, पूर्ण वाटर रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij