Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

जापानिज इन्सिफ्लाइटिस नेपालमा बढ्दो, ८ जनाको मृत्यु

जापानिज इन्सिफ्लाइटिस नेपालमा बढ्दो, ८ जनाको मृत्यु

  • काठमाडौं । जापानिज इन्सिफ्लाइटिस अर्थात जेइ भाइरसको संक्रमण नेपालमा बढ्दै गएको छ । सरकारी तथ्याङ्कका अनुसार, हालसम्म ५८ जनामा संक्रमण फैलिएको छ भने ८ जनाको मृत्यु भइसकेको छ ।

    images
    images
    images

    लामखुट्टेबाट सर्ने यो संक्रमण बङ्गुर तथा हास पाल्ने क्षेत्रमा धेरै पाइन्छ । जेइ भाइरसबाट बच्नको लागि सरकारले एक वर्षसम्मका बालबालिकालाई पहिलो मात्राको खोप उपलब्ध गराउँदै आइरहेको छ ।

    images

    अहिले देखेको संक्रमणको अवस्था पनि खोपबाट वञ्चित व्यक्तिमा धेरै देखिन्छ र एकचोटि खोप लगाएपछि पन्चानब्बे प्रतिशत सम्म रोगलाई रोक्ने क्षमताको विकास हुने बताइएको छ ।

    सरकारले संक्रमण नियन्त्रणका लागि प्रभावकारी तयारी गर्नुका साथै नागरिक तहमा समेत जनचेतना बढाउनु जरुरी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij