
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौँ । विश्व प्रसिद्ध अमेरिकी न्यायाधीश फ्र्याङ्क क्याप्रियोको निधन भएको छ ।
उनको ८८ वर्षको उमेरमा निधन भएको हो । क्याप्रियो अदालतमा आफ्नो हास्यव्यंग्य र हलुका सुनुवाइका लागि परिचित थिए ।
उनको इन्स्टाग्राम खातामा उनको निधन बारे जानकारी दिदै लेखिएको छ- 'प्यान्क्रियाटिक क्यान्सरसँग लामो लडाइँपछि न्यायाधीश फ्र्याङ्क क्याप्रियोको ८८ वर्षको उमेरमा मृत्यु भयो । 'न्यायाधीश क्याप्रियो लामो समयदेखि चलिरहेको रियालिटी टिभी कार्यक्रममा देखा परेका थिए ।
यो कार्यक्रम रोड आइल्याण्डको नगरपालिका अदालतमा आधारित थियो । यस रियालिटी टिभी कार्यक्रममा, न्यायाधीश क्याप्रियोको शैली र सहानुभूतिसहित गरिएका निर्णयहरूको लागि अत्यधिक प्रशंसा गरिएको थियो।क्याप्रियोलाई विश्वको राम्रो न्यायाधीश भनिन्थ्यो ।
मुस्कान सहित न्याय प्रदान गरेको उनको भाइरल भिडियो सामाजिक सञ्जालमा एक अर्बभन्दा बढी पटक हेरिएपछि उनी 'संसारकै सबैभन्दा राम्रो न्यायाधीश' भनेर चिनिन थालेका थिए ।
उनले कम आय भएका र निम्न बर्गको पक्षमा सधै व्यंग्य र संदेश सहित आफ्नो फैसला सुनाउने न्यायाधीशको छबि बनाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij