Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

शिक्षा समितिको बैठक सुरु

शिक्षा समितिको बैठक सुरु

  • काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रुप दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । बिहान ८ बजे नै बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।

    images
    images
    images

    आजको बैठकमा विवादित विषय टुंगो लगाएर विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

    images

    यसअघि समितिले विवादित विषयलाई थाँती राखेर प्रतिवेदन तयार पारेको थियो । निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवथामा विवाद छ । यसकै कारण निजी विद्यालय सञ्चालकहरुले आन्दोलन सुरु गरेका छन् ।

    बैठकमा शिक्षामन्त्री रघुजी पन्तसहित सभापति अम्मर बहादुर थापा र सदस्यहरू उपस्थित भएका छन् ।  आज शिक्षा विधेयक पारित गर्ने समितिबाट पारित गर्ने तयारी छ ।

    निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति जनाएका कारण यसबारेमा पनि छलफल हुनेछ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij