Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

वीरगंजमा हैजा पुष्टि भएपछि महानगर अन्तर्गतका विद्यालय दुई दिन बन्द

वीरगंजमा हैजा पुष्टि भएपछि महानगर अन्तर्गतका विद्यालय दुई दिन बन्द

  • काठमाडौँ । वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन दुई दिनका लागि स्थगित गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    महानगरको शैक्षिक प्रशासन महाशाखाले विगत केही दिनदेखि बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै

    AGNI GROUP

    भाद्र ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जानकारी दिएको छ ।

    साथसाथै महानगरले पानी उमालेर मात्र पिउनु हुन, शौचालय प्रयोग गरिसकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुनुहुन, सरसफाईका नियमहरू लाई परिपालना गर्नुहुन, काँचै खाने साग सब्जीहरू तातोपानीले पखालेर मात्र खानुहुन तथा संक्रमणबाट जोगिनको लागि आवश्यक उपायहरू अपनाउन आग्रह गरेको छ ।

    वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखाला र हैजाका बिरामीहरू भेटिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij