Logo

Aug 26 2025 | २०८२, भदौ १० गते

Aug 26 2025 | २०८२, भदौ १० गते

काठमाडौं महानगरपालिका

काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीको आज पनि प्रदर्शन

काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीको आज पनि प्रदर्शन

  • काठमाडौँ । कवाड व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

    images
    images
    images

    काठमाडौं महानगरका प्रहरीले पछिल्लो दुई वर्षभित्र कवाड व्यवसायी माथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति तत्काल दिनुपर्ने माग सहित आन्दोलन गरिरहेका छन् ।

    images

    संवैधानिक हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरपालिकाले गरेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कारबाही हुनुपर्ने लगायत माग उनीहरुको छ।

    उनीहरुले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने माग गरेका छन् । उनीहरूले हिजो सोमबार पनि कमलादीस्थीत काठमाडौं महानगरको कार्यालय बाहिर नाराबाजीसहित धर्ना दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij