
Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौं । जिल्ला कारागार मोरङको शौचालयभित्र महिला बन्दी मृत अवस्थामा भेटिएकी छन् ।
बराहक्षेत्र नगरपालिका-६ घर भएकी ३२ वर्षीय राधिका भनिने राधा भट्टराई कारागारको शौचालयभित्र मृत भेटिएकी हुन् । घाँटीमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भट्टराईलाई बिहान फेला पारिएको जेलर गौरव ढुङ्गेलले बताए ।
भट्टराईले २०८० माघ पहिलो साता २ छोरा र छोरीसहित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा हाम फालेकी थिइन् ।
स्थानीय प्रत्यक्षदर्शीले उनलाई र छोरालाई सकुशल उद्धार गरेका थिए । ६ वर्षकी छोरीको भने मृत्यु भएको थियो । त्यही घटनाको अनुसन्धानका क्रममा उनलाई प्रहरीले २०८० माघ ५ गते पक्राउ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij