Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

निजामती सेवा दिवसमा खुला कविता प्रतियोगिता आयोजना हुँदै

निजामती सेवा दिवसमा खुला कविता प्रतियोगिता आयोजना हुँदै

  • काठमाडौं । निजामती सेवा दिवस २०८२ का अवसरमा राष्ट्रसेवक निजामती कर्मचारीहरुका बीचमा खुला कविता प्रतियोगिता हुने भएको छ ।

    images
    images
    images

    यस वर्षको निजामती सेवा दिवसका नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने रहेको छ । सोही नारासँग सम्बन्धित रही कविता रचना गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    images

    निजामती सेवा दिवस, अतिरिक्त क्रियाकलाप उपसमितिद्वारा आज यहाँ जारी सूचनाका अनुसार प्रतियोगितामा भाग लिन चाहनेले यही भदौ १३ गतेभित्र कविता पठाउन भनिएको छ ।

    उत्कृष्ट तीन र सान्त्वना दुई कवितालाई पुरस्कार र प्रमाणपत्र गरिने सूचनामा उल्लेख गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij