Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ।
शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा रहेका पासवानलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पुरयाइएको थियो।
उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरी ले जानकारी दिएको छ । उपचारका क्रममा बुधबार साँझ ६ बजेतिर पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए ।
माधवनारायण नगरपालिका–६ कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले बुधबार बिहान शरीरमा आगो लगाएको अवस्थामा पासवानलाई पक्राउ गरेको थियो ।
माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आत्मदाह गर्ने लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । तत्काल स्थानीय अस्पतालमा लगेपनि थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुरमा लगिएको हो ।
पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो । सो भिडिओमा रुबीको हत्या गरेको स्वीकार गरेका छन । केहि दिन अघि गौरको मुडलवा गेट नजिक सुटकेशभित्र रुबीको शव भेटिएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij