Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।
कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै समस्या हुने भएकाले आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस्तो समस्याबाट मुक्त भइने जनविश्वास छ ।
आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्दछ
आजको दिन महिलाहरू बिहान स्नान र दैनिक क्रियाकलापपछि उपमार्ग (ग्उबmबचनब) भन्ने विशेष जडीबुटी प्रयोग गरी दाँत माझ्ने र चपाउने गर्छन्। उपमार्ग नेपाली भूमिमा सजिलै पाइने वनस्पति हो, जसलाई संस्कृतमा रोगनाशक तत्व भनिन्छ। महिलाहरू १०८ वटा उपमार्गका टुक्राहरू प्रयोग गर्छन्। त्यसपछि माटोले शरीर दल्ने चलन छ। त्यसपछि नदी वा पोखरीमा स्नान गर्छन्। स्नानपछि, पञ्चभाग्य (दूध, दही, घ्यू, दुबो, कुश र गोरुको गोबर) लाई तामाको भाँडोमा राखेर एक–दुई थोपा सेवन गरिन्छ। यो पर्व महिलाको स्वास्थ्य, आत्मशुद्धि र शक्तिको सम्मान गर्ने पर्व हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij