Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्थामा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्थामा सहमति जुटेको हो ।
यसअघि प्रतिनिधिसभाले पास गरेको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था गरिएको थियो। तर राष्ट्रियसभामा पुग्दा यो व्यवस्था उल्टिएको छ।
राष्ट्रियसभाले यसअघि सहसचिवको पदपूर्तिको व्यवस्था पनि बदलिसकेको थियो । विधायन व्यवस्थापन समितिले दफावार छलफलमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति दिएको थियो ।
त्यसै गरी, प्रतिनिधिसभाले पास गरेको अतिरिक्त सचिवको व्यवस्थालाई पनि राष्ट्रिय सभाले हटाएको छ । यसले प्रतिनिधिसभा र राष्ट्रियसभाबिच निजामती सेवाको उच्च पदमा पदपूर्तिको प्रक्रियामा मतभेद रहेको देखाउँछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij