Logo

Sep 02 2025 | २०८२, भदौ १७ गते

Sep 02 2025 | २०८२, भदौ १७ गते

भारतसँगको व्यापार सम्झौता बारे ट्रम्पको नयाँ दाबी

भारतसँगको व्यापार सम्झौता बारे ट्रम्पको नयाँ दाबी

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी सामानमा आयात शुल्क शून्यमा झार्ने प्रस्ताव गरेको दाबी गरेका छन् ।

    images
    images
    images

    ट्रम्पले भारतले आयात शुल्क शुन्यमा झर्ने प्रस्ताव गरेको भएपनि यो धेरै ढिला भएको दाबि गरेका हुन् । ट्रम्पले भनेका छन्- 'धेरै कम मानिसहरूले बुझेका छन्, हामी भारतसँग धेरै कम व्यापार गर्छौं, तर तिनीहरू (भारत) हामीसँग ठूलो मात्रामा व्यापार गर्छन् ।

    images

    अर्को शब्दमा, भारतले हामीलाई ठूलो मात्रामा सामान बेच्छ । हामी तिनीहरूको सबैभन्दा ठूलो ग्राहक हौं तर हामी तिनीहरूलाई धेरै कम सामान बेच्छौं । अहिलेसम्म यो पूर्णतया एकतर्फी सम्बन्ध रहेको छ र दशकौंदेखि यस्तै छ ।'ट्रम्पले अमेरिकी व्यवसायीहरू अझै पनि भारतमा सामान बेच्न सक्षम नभएको उल्लेख गर्दै यसको कारण भारतले अहिलेसम्म अन्य देशहरूको तुलनामा अमेरिकामाथि सबैभन्दा बढी कर लगाएको उल्लेख गरेका छन् ।

    ट्रम्पले यसलाई अहिलेसम्म एकतर्फी विपत्ति जस्तै भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्- 'भारतले आफ्नो अधिकांश तेल र सैन्य उत्पादनहरू रूसबाट किन्छ । यसले अमेरिकाबाट धेरै कम किन्छ । अब उनीहरूले भन्सार शुल्क शून्यमा झार्ने प्रस्ताव गरेका छन्, तर यो ढिलाइ भइरहेको छ ।

    उनीहरूले यो वर्षौं पहिले नै गर्नुपर्थ्यो ।'पछिल्लो समय अमेरिकाले भारतले रुसबाट पेट्रोलियम पदार्थ किनेको भन्दै २५ प्रतिशत अतिरिक्तसहित ५० प्रतिशत कर लगाएपछि अमेरिका र भारतको सम्बन्ध बिग्रिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij