Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

प्राथमिक मनोवैज्ञानिक सहयोग सम्बन्धी ३ दिने तालिम सम्पन्न

प्राथमिक मनोवैज्ञानिक सहयोग सम्बन्धी ३ दिने तालिम सम्पन्न

  • काठमाडौं । समुदाय तहका सरोकारवालाहरुलाई समुदायमा आधारित मनोवैज्ञानिक सहयोग सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    युएनएफपिएको सहयोगमा टि.पि.ओ.नेपाल द्वारा सञ्चालित कार्यक्रम अन्तर्गत अछाम जिल्लाको साँफेबगरमा भदौ १३ देखि १५ गते सम्म सञ्चालन भएको कार्यक्रम सम्पन्न भएको टि.पि.ओ.नेपालकी मनोसामाजिक परामर्श कर्ता निरा विकले बताईन् ।

    AGNI GROUP

    मनोसामाजिक परामर्शकर्ता विकका अनुसार, तालिममा प्राथामिक मनोवैज्ञानिक  भनेको के–हो ? यसबाट उत्पन्न हुने समस्याले समाजमा कस्तो असर पुग्दछ । मनोसामाजिक समस्या कसरी पत्ता लगाउने, मनोवैज्ञानिक  समस्याका कारण लक्षण र यसका असरहरु के–के हुन् । कसरी तिनिहरुको समस्या समाधान गर्ने लगायत बिषयमा जानकारी गराईएको बताएकी छन् ।

    तालिममा व्यक्तिमा देखिने मानसिक समस्याहरु, मनोवैज्ञानिक तथा मनोसामाजिक समस्यामा कसरी समुदाय तहबाट सहयोग गर्न सकिन्छ भन्ने बिषयमा सम्बन्धित संस्थाका मनोसामाजिक परामर्शकर्ताले जानकारी गराएका थिए ।

    संकटपुर्ण अवस्थाहरु, मानसिक स्वास्थ र मनोसामाजिक सहयोगको बुझाई बढाई,“हेर्नू,सुन्नु,जोड्नु”मोडेलकासीप,सहानुभूतिपुर्ण संञ्चार,उचित सहयोग र स्व–हेरचाहको प्रबद्र्धन गर्नु,सहभागीहरुलाई संकटपुर्ण अवस्थामा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको अवधारणागत बुझाई बारे प्रष्ट पार्नु,आधारभूत सीप विकास गर्नु,सहानुभूति पुर्ण नैतिक र सास्कृतिक रुपमा उपयुक्त हुने सञ्चार सिपको विकास गर्नु तालिमको मुख्य उदेश्य रहेको थियो ।

    तालिममा समुदायमा हिंसा र मनोसामाजिक समस्या बढ्दै गएकोले समुदायका सरोकारवालालाई मनोसामाजिक समस्याका बारेमा सुक्ष्म ज्ञान हुन जरुरी रहेको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताएका थिए । मनोपरामर्शले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने हुँदा यसले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको हो ।

    तालिममा सिद्धेश्वर स्वास्थ्य चौकी, चण्डिका स्वास्थ्य चौकी,शहरी स्वास्थ्य केन्द्र साँफे,मष्टामाण्डु स्वास्थ्य चौकी,भाग्यश्वर स्वास्थ्य चौकी, श्रीकोट स्वास्थ्य चौकी,र बयलपाटा प्रादेशिक अस्पतालका  ८ जना पुरुष र ७ जना महिला गरि १५ जना स्वास्थ्यकर्मीको सहभागीतामा तालिम सम्पन्न भएको हो ।

    तालिमको टि.पि.ओ. नेपालका कर्ण राज रिमाल र निरा विकले सहजिकरण गरेका थिए । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिम समापन कार्यक्रममा युएनएफपिएका भरत गोतामे,साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण नाथ योगी लगायतको सहभागीता रहेको थियो ।

    मानसिक स्वास्थ्य सम्बन्धि सरोकारका क्षेत्रमा काम गर्दै आएको संस्था बहुसाँस्कृतिक मजोसामाजिक नेपाल (टिपिओ) नेपालले २० वर्षमा १० लाख ब्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि परामर्श दिईसकेको छ।सन् २००५ मा स्थापना भएको यस संस्थाले २०२५ सम्म आइपुग्दा १० आख ब्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि समस्याका सवालमा परामर्श दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij