Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

काठमाडौंमा गायत्री महायज्ञ: दिनहुँ शिक्षक–विद्यार्थी सहभागि गराइँदै

काठमाडौंमा गायत्री महायज्ञ: दिनहुँ शिक्षक–विद्यार्थी सहभागि गराइँदै

  • काठमाडौं । देवभूमि मानव सेवा समाजले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा सुरु गरेको गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सवमा शिक्षक एवम विद्यार्थीहरुले पनि सहभागिता जनाउन थालेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बालबालिका र नयाँ पुस्ताहरुलाई धार्मिक कर्मप्रति आकर्षित गराउने उद्देश्यले विद्यार्थीहरुलाई निमन्त्रणा गरिएको हो । गायत्री चेतना केन्द्रका अध्यक्ष केशव मरहट्टाले विद्यार्थीहरुलाई बौद्धिक ज्ञान, संस्कार, नैतिक शिक्षा र सामाजिकीकरण गर्नको लागि यज्ञको आयोजना गरेको बताएका छन् ।

    AGNI GROUP

    उनले भने, ‘विद्यार्थीहरुलाई बौद्धिक ज्ञान, संस्कार, नैतिक शिक्षा, सामाजिकिकरण गर्नको लागि महायज्ञमा विद्यार्थीहरुलाई सहभागि गराइरहेका छौ । हरेक दिन एक–एक विद्यालयका विद्यार्थीहरुलाई ल्याउने गरेका छौ । आज कोशेली विद्यालयको लगभग ५० जना विद्यार्थीहरु यज्ञमा सहभागि गराएका छौ । कक्षा ४ सम्मको विद्यार्थीलाई ल्याइएको छ ।’

    साथै, आजको नयाँ पुस्तामा संस्कार र अुनशासको कमी भएको भन्दै उनीहरुमा विवेक सिर्जना गराउने, अनुशासनमा राख्न, भविष्यमा के गर्ने, समाजलाई के दिने र घर परिवारमा कसरी बस्ने कस्तो व्यवहार गर्ने भन्ने कुराहरु सिकाउनको लागि पनि विद्यार्थीहरुलाई विशेष ध्यानमा राखेको बताए ।

    उनले भने, ‘आजको नयाँ पुस्तामा संस्कार र अुनशासको कमी भएको जस्तो देखिएको छ । त्यसकारणले पनि उनीहरुमा विवेक सिर्जना गराउने, अनुशासनमा बस्ने, भविष्यमा के गर्ने, समाजलाई के दिने, घर परिवारमा कसरी बस्ने कस्तो व्यवहार देखाउने, आमा बुबाको सम्मान कसरी गर्ने, विवेक सिर्जना कसरी गर्ने, कुन समयमा कस्तो काम गर्ने भन्ने विषयमा विद्यार्थीहरुमा चेतना दिनको लागि उनीहरुलाई सहभागि गराइएको हो ।’

    साथै, प्रचारप्रसारक एंव गायत्री साधक वेद प्रसाद भट्टले विद्यार्थीहरुलाई ध्यान, योग र यज्ञ जस्ता राम्रो कुराहरु सिकाउने हो भने समाज आफैं राम्रो बन्दै जाने अवधारणा राखेको पनि बताए ।

    उनले भने, ‘यो यज्ञको पहिलो अवधारणा भनेको विद्यालयका विद्यार्थीहरुलाई ध्यान, योग, यज्ञ जस्ता राम्रो कुरा सिकायौं भने समाज आफै राम्रो बन्छ भन्ने हो । हत्या हिंसा, झगडा गर्नु हुँदैन्, कुरा काट्नु नहुने जस्ता कुरा सिकाउन खोजी रहेका छौ । जातजाति धर्म केही छुटाएका छैनौ । सबै शुद्ध हुनुपर्यो, यज्ञ गर्न सबैलाई स्वागत छ ।’

    छिमेकी मुलुक भारतमा विश्व विद्यालय र कलेजमा यज्ञ भइरहेको उदाहरण दिदैँ त्यसकारण नेपालमा पनि यज्ञ सुरु गर्नुपर्ने भन्दै यज्ञबाट विद्यार्थीहरुले धेरै कुराहरु सिक्नसक्ने पनि उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij