Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

  • काठमाडौं । वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा ५९ वर्षको उमेर उनको निधन भएको हो ।  गोले करिब दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।

    onlinepatrika
    Arghakhachi

    सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा जन्मेकी उनले तामाङ सेलो, लोकदोहोरी र आधुनिक गरी झण्डै ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् ।

    AGNI GROUP

    उनी कान्छी छोरीसँग हात्तीवनमा बस्दै आएकी थिइन् । श्रीमानको केही वर्षअघि निधन भइसकेको छ भने उनका दुई छोरी छन् ।

    उनको अन्त्येष्टि बौद्ध संस्कारअनुसार गर्ने तयारी भएको परिवारले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij