Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

इजरायली हवाई आक्रमणमा १४ प्यालेस्टिनीको मृत्यु

इजरायली हवाई आक्रमणमा १४ प्यालेस्टिनीको मृत्यु

  • काठमाडौं । इजरायली कब्जा बलहरूले गाजा सहरका आवासीय भवन र विस्थापित शिविरमा आक्रमण गर्दा कम्तीमा १४ जना प्यालेस्टिनीको ज्यान गएको छ । आक्रमणमा दर्जनौँ घाइते भएका छन् ।

    images
    images
    images

    चिकित्सा स्रोतहरूका अनुसार गाजास्थित एक आवासीय अपार्टमेन्टमा लडाकु विमानले बम प्रहार गर्दा तीन जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।

    images

    यसैबिच, रामल्लामा विस्थापित प्यालेस्टिनी शिविरमा इजरायली सेनाले गरेको गोलाबारीमा तीन जनाको मृत्यु भएको छ । गाजा सहरकै अर्को आवासीय भवनमा भएको हवाई आक्रमणमा एक जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन् ।

    दक्षिण गाजास्थित ताल अल हवा र साब्रा क्षेत्रमा भएको आक्रमणमा थप पाँच जना मारिएका छन् । त्यस्तै, पश्चिमी गाजास्थित विस्थापित शिविरमा इजरायली ड्रोनले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

    इजरायली सेनाले हाल गाजा कब्जा गर्ने उद्देश्यसहित अभियानको दोस्रो चरण सुरु गरेको घोषणा गरेको छ र आक्रमण तीव्र बनाइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट