Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

जेन जी आन्दोलन

महाराजगञ्ज वृत्तका २ जना प्रहरीको मृत्यु भएको पुष्टि, केही सम्पर्कविहीन

महाराजगञ्ज वृत्तका २ जना प्रहरीको मृत्यु भएको पुष्टि, केही सम्पर्कविहीन

  • काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको मृत्यु भएको प्रहरी पुष्टि गरेको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा उनीहरूको मृत्यु नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पुष्टि गरेका छन् । मृत्यु हुनेमा एक प्रहरी सहायक निरीक्षक (असई) र अर्का एक जना रहेको बताइएको छ ।

    images
    images
    images

    केन्द्रीय प्रहरी प्रवक्ता घिमिरेले केही प्रहरी अहिलेसम्म सम्पर्कविहीन अवस्थामा रहेको बताए । ‘केही पत्ता नलागी उनीहरूको बारेमा भन्न मिल्ने अवस्था छैन,’ उनले भने ।

    images

    स्रोतहरूले अनौपचारिकरुपमा बताएअनुसार, महाराजगञ्ज प्रहरी वृत्तका ७ जना प्रहरीको निधन भएको आशंका गरिएको छ । यसअघि हिजो कोटेश्वरमा तीन जना प्रहरीको मृत्यु भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij