Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

भारत र अमेरिकाबीच व्यापार वार्ता हुने, ट्रम्प र मोदीले के के भने ?

भारत र अमेरिकाबीच व्यापार वार्ता हुने, ट्रम्प र मोदीले के के भने ?

  • काठमाडौँ । भारत र अमेरिकाबीच व्यापार वार्ता हुने भएको छ ।

    images
    images
    images

    यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० प्रतिशत कर लगाएपछि बिग्रेको सम्बन्ध सुधारको संकेत देखिएको छ । राष्ट्रपति ट्रम्पले आगामी हप्ताहरूमा भारत र अमेरिका बीचको व्यापार सम्झौता हुने जानकारी दिदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच वार्ता हुने बताएका छन् ।

    images

    ट्रम्पले भनेका छन्- 'मलाई यो रिपोर्ट गर्न पाउँदा खुसी लागेको छ कि भारत र अमेरिकाले व्यापार अवरोधहरू हटाउन वार्ता जारी राखेका छन् । म आगामी हप्ताहरूमा मेरो धेरै असल मित्र, प्रधानमन्त्री मोदीसँग कुरा गर्न उत्सुक छु। मलाई विश्वास छ कि हाम्रा दुवै महान देशहरूको लागि सफल नतिजामा पुग्न कुनै कठिनाइ हुनेछैन ।

    'ट्रम्पको पोष्टआमा जवाफ दिदै मोदीले भारत र अमेरिका घनिष्ठ मित्र र प्राकृतिक साझेदार भएको भन्दै व्यापार वार्ताले दुवै देशको साझेदारीको असीमित सम्भावनालाई उजागर गर्ने बताएका छन् ।

    उनले भनेका छन्- भारत र अमेरिका घनिष्ठ मित्र र प्राकृतिक साझेदार हुन् । मलाई विश्वास छ कि हाम्रो व्यापार वार्ताले भारत-अमेरिका साझेदारीको असीमित सम्भावनालाई उजागर गर्ने बाटो खोल्नेछ। हाम्रा टोलीहरूले यी छलफलहरूलाई सकेसम्म चाँडो निष्कर्षमा पुर्‍याउन काम गरिरहेका छन्। म राष्ट्रपति ट्रम्पसँग कुरा गर्न पनि उत्सुक छु । हामी हाम्रा दुवै जनताको लागि उज्ज्वल, अझ समृद्ध भविष्य सुरक्षित गर्न सँगै काम गर्नेछौं ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij