Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको सिंहदरबार परिसर अहिले क्रमशः सामान्य अवस्थामा फर्किंदैछ ।
आन्दोलनको बेला प्रदर्शनकारीहरूले जलाएका सवारीसाधन तथा क्षतिग्रस्त वस्तुहरूको उठान तथा सरसफाइको कार्यमा प्रहरीले सक्रियता देखाएको छ । सिंहदरबारको मुख्य गेट अगाडि जलेका गाडीहरू हटाउँदै र सडक सफा गर्दै प्रहरी जुटेकाे छ ।
घटनापछि वातावरण स्वच्छ बनाउन प्रहरी र सरसफाइकर्मीहरू व्यस्त छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij