Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

काठमाडौं महानगर ३२ वडाको सेवा अस्थायी रुपमा बन्द

काठमाडौं महानगर ३२ वडाको सेवा अस्थायी रुपमा बन्द

  • काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को कार्यालयबाट प्रदान गरिँदै आएका नियमित सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    वडा कार्यालयले आज एक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ को क्रममा कार्यालय भवनमा तोडफोड र आगजनी भएको जनाउँदै त्यसबाट भवन, फर्निचर तथा कार्यालय उपकरणमा गम्भीर क्षति पुगेको जानकारी दिएको छ ।

    AGNI GROUP

    हाल सो क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा नयाँ उपकरण जडानको कार्य तदारुकताका साथ भइरहेको जनाइएको छ ।

    वडा कार्यालयले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ भने सेवाग्राहीहरूलाई यसबाट असुविधा भएकोमा क्षमा प्रकट गरेको छ ।

    वडाले सेवा पुनः सञ्चालनसम्बन्धी सूचना समयमै सार्वजनिक गरिने पनि जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij