Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका पत्रकारहरूलाई निःशुल्क उपचार सेवा दिने भएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पत्रकारलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने निर्णय गरेको हो ।
चिकित्सालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा बसेको बैठकले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले दिने सशुल्क औषधि बाहेक पत्रकारलाई अन्य सबै उपचार निःशुल्क गर्ने निर्णय गरेको चिकित्सालयको निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए ।
वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले वाग्मती प्रदेशका पत्रकारहरूलाई निःशुल्क स्वास्थ्य बिमा लगायतका सुविधा दिएको अवस्थामा रामेछापका पत्रकारलाई चिकित्सालयले सो सुविधा दिने निर्णय उनले बताए ।
‘नेपाल पत्रकार महासंघ रामेछापको परिचयपत्र वा नेपाल सरकारका आधिकारिक निकायमा दर्ता भएका सञ्चारमाध्यमका परिचयपत्र भएका पत्रकारहरूलाई निःशुल्क उपचार सेवा दिने निर्णय भएको हो’, उनले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij