Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

'जेनजी मार्ग'

धनगढीको सडकको नाम 'जेनजी मार्ग' राख्न गोपाल हमालको प्रस्ताव

धनगढीको सडकको नाम 'जेनजी मार्ग' राख्न गोपाल हमालको प्रस्ताव

  • काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले धनगढीको एक सडकलाई जेनजी मार्ग नामकरणको प्रस्ताव गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मेयर हमालले धनगढी-१ जोशी मेडिकल भएको चोकदेखि पार्क मोड कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडक (धनगढी उपमहानगरपालिका द्वारा महिला उद्यम बजार  सञ्चालन गरेको क्षेत्र ) सम्म जेनजी मार्ग नामाकरणका लागि कार्यपालिका बैठकमा प्रस्ताव लैजाने जानकारी दिएका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्- 

    जेनजी आन्दोलनमा शहीद हुनु भएका सम्पूर्ण वीर आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । तपाईँहरूको बलिदान केवल इतिहासको पानामा मात्र सीमित नभई यो देशका प्रत्येक युवाको मुटुमा दीप बनेर जलिरहनेछ । न्याय, अधिकार र परिवर्तनका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने तपाईँहरूको साहस हामी सबैका लागि प्रेरणाको ज्योति बनेर सधैँ चम्किरहनेछ । 

    धनगढी -१  जोशी मेडिकल भएको चोक देखि पार्क मोड  कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडक (धनगढी उपमहानगरपालिका द्वारा महिला उद्यम बजार  सञ्चालन गरेको क्षेत्र ) सम्म जेन्जी मार्ग नामाकरणका लागि कार्यपालिका बैठकमा प्रस्ताव लाग्ने विषय सम्पूर्णलाई जानकारी गर्दछु । साथै त्यस सडक क्षेत्रलाई जेनजी मार्ग नाम प्रयोग गर्न हुन सम्पूर्ण नगरवासीमा अपील गर्दछौं ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij